सत्ता गठबन्धन लामो समयसम्म टिक्दैन: माधव नेपाल

सत्ता गठबन्धन लामो समयसम्म टिक्दैन: माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीबम अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन लामो समयसम्म नटिक्ने बताएका छन् ।

आइतबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धन फुट्ने बताएका हुन् ।

सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबै खाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने उनको दावी छ ।

अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा चलिरहेको छ ।