राजनीति

माधव नेपालले भने -कांग्रेस फ्रस्टेसनको शिकार भयो

हेटौंडा – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए ।

Dish Home

सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले बताए । नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् । उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए ।

उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने धारणा राखे । ‘आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन’ उनले भने ।

नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top