ओली झुक्ने मानिस होइनन्, वामदेवको प्रयास असफल हुन्छः माधव नेपाल


काठमाण्डु – नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डुमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भन्दै वामदेवको पार्टी एकता गर्ने प्रयास खेर जाने बताएका हुन् ।

उनले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए ।

‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो,’ उनले भने, ‘बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन्, झुक्ने मानिस होइनन् । उनले भाँच्छन् तर झुक्दैनन् ।’

साथै उनले आफुहर केपी ओलीको दास नभएको बताएका छन् । उनले आफूहरुले जीवन पार्टीका लागि समर्पित गरेको भन्दै ओलीले खकार जाँच गरेर आफ्नो पार्टीको सदस्यता दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement