तालिबान लडाकूले गोली प्रहार गरेपछि मलाला पहिलो पटक पाकिस्तानमा


इस्लामावाद– सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किएकी छिन् । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पाएकि थिईन् । उनी बाल अधिकारकर्मीका रुपमा काम गरिरहेकी छिन् ।

उनलाई १४ वर्षकै उमेरमा पाकिस्तानी तालिबान लडाकूहरूले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते उनको बेलायतमा उपचार भएको थियो । मुस्लिम देश पाकिस्तानमा प्राय बालिका शिक्षालाई त्यति प्राथमिकता नदिने गरेको र त्यहाँका कट्टरपन्थी पाकिस्तानी लडाकूहरु, तालिबानले बालिका शिक्षालाई अनुमति नदिने गरेकोमा उनले भने बालिका शिक्षाको वकालत गरेकी थिईन् ।

पाकिस्तानमा बालिका शिक्षाको पक्षमा अभियान चलाएका कारण नै उनलाई तालिबानहरुले सन् २०१२ मा गोली हानेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उनको बेलायतको बर्मिङ्घमको एक अत्याधुनिक अस्पतालमा उपचार भएको थियो । पछि उनको परिवार त्यहीँ बस्न थालेको हो ।

त्यस घटनापछि उनी पहिलो पटक पाकिस्तान फर्किएकी हुन् । उनी बुधबार राति इस्लामावादको एक अन्तर्रारिाष्ट्रय विमानस्थलमा अवतरण गरेकि हुन् । सुरक्षा संवेदनशीलताका कारण उनको पाकिस्तान भ्रमणसम्बन्धी कुनै पनि विस्तृत कार्यक्रमहरु भने गोप्य राखिएको छ ।

उनलाई तालिबानहरुले अहिले पनि धम्की दिइरहेकोले उनको भ्रमणका समयमा हुनसक्ने घटनालाई हृदयंगम गरी यसरी सुरक्षा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । मलालाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको भए पनि भेटको समय भने केही दिइएको छैन ।

मलालाले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको प्रधानमन्त्री बन्ने र यहाँका महिला र बालबालिकाको अधिकारमा कामगर्ने उद्देश्य रहेको बताउँदै आएकि छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement