माल्टा लैजान्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ


काठमाडौं – माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो

पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement