परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच मस्कोमा भेटवार्ता


काठमाडौं – रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग रुसको राजधानी मस्कोमा सोमबार भेटवार्ता गरेका हुन्।

‘भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार र सुदृढ गर्नेबारे महत्वपूर्ण धारणाहरु आदानप्रदान भयो। धेरै लामो अन्तरालपछि द्विपक्षीय भेट भएको छ। साथै प्रेसलाई पनि संयुक्तरुपमा संबोधन गरियो,’ मस्कोमैं रहेका ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनी शनिबार रुस भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भन्डारीका तर्फबाट आमन्त्रण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
Advertisement