माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझायो, प्रधानमन्त्री ओली अल्पमतमा


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाएको छ ।

मध्यान्ह १२ बजे सचिवालयमा पुगेर सर्मथन फिर्ताको पत्र दर्ता गरेको माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले जानकारी दिए । गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका छन् ।

मंगलबार काठमाण्डुमा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

योसँगै कुनै बेला दुई तिहाइ बहुमतको नेतृत्व गरेका प्रधानमन्त्री अल्पमतमा परेका छन् । तर, प्रधानमन्त्री ओलीले अल्पमतमा पर्नुअघि नै विश्वासको मत लिने घोषणा गरिसकेका थिए  ।

कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्  । माओवादी केन्द्रका प्रतिनिधिसभामा ४९ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement