माओवादी केन्द्रले बोलायो स्थायी र केन्द्रीय कमिटीको बैठक


काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साउन १७ गते स्थायी कमिटी र २० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । त्यस्तै नेता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चाँडै पूर्णता पाउने बताए ।

उनले गठबन्धनका सबै दलहरुसँग छलफल भइरहेकाले चाँडै सरकारले पूर्णता पाउने बताए । माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् ।

‘गठबन्धनका सबै दलसँग छलफल भइरहेको छ । सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिन उपर्युक्त हुने भएकोले हामी सबै गठबन्धनका शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement