वीरगञ्जस्थित एसिया मेडिकेयरका संचालक पक्राउ


पर्सा – करोडौं रकम ठगेर फरार रहेका वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् ।

उनले विभिन्न ४० जना व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । यस्तै वीरगञ्ज महानगरपालिका–१० का नितेश सर्राफ १० लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका सर्राफ रामकेवल मण्डलबाट १० लाख रकम लिएर फरार भएका थिए । रकम दिनेहरुले पनि चर्को ब्याज पाउने आश पाएर ऋण दिएका थिए । आफ्नो रकम फिर्ता नआउने भएपछि उनिहरु प्रहरीकहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement