बालुवाटार बैठक: प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन


काठमाण्डु- सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । बिहीबार बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक भारतको दिल्ली पुगेको बताएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डको चौतर्फी आलोचना भइरको छ । नेकपा एमालले प्रधानमन्त्री प्रचण्डले देशविरोधी अभिव्यक्ति दिएको भन्दै राजिनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान छ ।
यो पनि पढ्नुहोस्, नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अवस्था आएको हो ?

प्रतिक्रिया दिनुहोस
Advertisement