मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु


नयाँ दिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ ।

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो ।

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement