मिस तामाङ २०१८ काे ताज सिम्रनलाई


काठमाडौँ – यस वर्षको मिस तामाङको उपाधि ठोरी गाउँपालिका पर्साकी सिम्रन स्याङ्बोले जितेकी छिन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्साकी सिमरनले जितेकी हुन् ।

उनले प्रतियोगितामा सहभागि २७ प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेकी हुन् । सिम्रनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गरीन् । उपाधिसँगै उनले एक लाख पुरस्कार हात पारीन् । सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहि¥याएकी हुन् । उनी एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एम्बास्डर समेत भएकी छिन् ।

यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ वनिन् । यसैगरी, वेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, वेष्ट पर्सनालिटी आशिका बले, वेष्ट फ्रेण्डसिप सिम्रन लामा, वेष्ट अनुशासन क्रिष्टिना लामा तथा वेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले हात पारिन् ।

निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहेका थिए । तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए ।
“यूवा पुस्ताले आफ्नो संस्कृति र रितीरवाज छोड्दै गएको छ, यसलाई जोगाइराख्न प्रतियोगिता आयोजना गदै आएका छौँ” उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement