मोनालिसाको आत्महत्या नभई हत्या भएको खुलासा !


काठमाडौं – झापामा आत्महत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको हत्या भएको खुलाास भएको छ ।

कन्काइ नगरपालिका–८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुण्डिएर आत्महत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दै उनकी आमाले जाहेरी दिएकी छन् ।

गत बैशाख १९ गते बेलुका ५ बजे आत्महत्या गरेकी भनिएकी मोनालिसाालई उनका श्रीमान, सासू र नन्दले मिलेर हत्या गरेको उनकी आमाले प्रहरीमा जाहेरी दिएकी छिन् ।

श्रीमान बिशाल चाहार, सासू कमलादेवी चाहार र नन्द जमुनाको मिलेमतोमा हत्या गरि पुजा कोठामा झुण्डाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा आमा देविका दासले जाहेरी दिएकी हुन् । दासका अनुसार आफ्नी छोरीलाई २०७३ साल ११ महिना २२ गतेका दिन ललाई फकाइ गरि कन्काइ ८ का बिशालले बिवाह गरेका थिए ।

देविकाका अनुसार सासु, नन्द र श्रीमान मिलेर कुटपिट गर्ने र ज्यान मान्ने धम्की दिने र कसैलाई केहि भनिस भने तेरो नग्न तस्वीर सामाजिक संजालमा हालदिन्छु भन्दै सामाजिक तथा मानसिक यातना दिने गरेको देविकाले जाहेरीमा उल्लेख गरेकी छन् । उनी ८ महिनाकी गर्भवती भएको उनकी आमाले बताएकी छन् ।

इलाका प्रहरी कार्यालय अनारमनि बिर्तामोडका प्रहरी इन्स्पेक्टर सुनिल श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement