विमानस्थलबाट लाखौं नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ


काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लाखौं नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा युनुस अन्सारी रहेका छन् ।

भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । अहिले उनीबाट बरामद गरिएको रकम गन्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए ।

५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट नक्कली नोट काण्डमा समातिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement