मौसम विभागले फेरि जारी गर्‍यो चेतावनी, आज यी क्षेत्रमा अति भारी वर्षा हुने

मौसम विभागले फेरि जारी गर्‍यो चेतावनी, आज यी क्षेत्रमा अति भारी वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले फेरि चेतावनी जारी गरेको छ । चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा ठुलो वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन सुझाव दिएको हो ।

३ गते आइतबार (आज) कोसी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

‘मिति २०८३/०४/३ गते आइतबार (आज) कोसी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन हुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ’, विभागले भनेको छ।