अनमोल अभिनित क्याप्टेनको फष्टलुक्स पोष्टर सार्वजनिक


काठमाडौं– अनमोल केसीको अभिनयमा रहेको फिल्म क्याप्टेनुको पोस्टर सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता केसी एक सशक्त फुटबल खेलाडीका रुपमा प्रस्तुत भएका छन्।

दिवाकार भट्टराईको निर्देशन तथा भुवन केसीको निमार्णमा बनेको फिल्मको हालसम्म प्रर्दशन मिति भने खुलाइएको छैन। फिल्म ‘कृ’पश्चात् अनमोल क्याप्टेन मार्फत दर्शकमाझ देखिन लागेका हुन्।

फिल्ममा अनमोलका साथ उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ। फिल्मको कथा पनि निर्देशक भट्टराईले नै लेखेका हुन्। पूर्वको कुनै एक गाउँबाट राष्ट्रिय फुटबल खेलेको एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्ने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement