पहिरोले काठमाण्डु-मुग्लिङ सडक बन्द

पहिरोले काठमाण्डु-मुग्लिङ सडक बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खस्दा मुग्लिङ–काठमाण्डु सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको छ।

पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ। प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाण्डु भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन्।

पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका स्थानहरूमा सवारीसाधनहरू रोकिएका छन्।

अहिले चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।