काठमाण्डु – राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट बैठक सञ्चालनकै क्रममा अस्वस्थ भएका छन् ।
आसन ग्रहण गरिरहेको अवस्थामा एक्कासि ढल्न खोजेपछि सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेर उपचार थालिएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको छ ।
रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति सामान्य बनेको र चिकित्सकको निगरानीमा उनी स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।
प्रतिक्रिया