नेपालको आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप गर्ने दिन अब गए : नारायणकाजी श्रेष्ठ


गाेरखा- नेकपा माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामालिमा विदेशी हस्तक्षेप स्वयीकार नहुने बताएका छन् । प्रेस सेन्टर नेपाल गाेरखाले अाज गाेरखाबजारमा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँँदै हुनुहुन्छ, हामी हार्दिकतापूर्वक स्वागत गर्छाैं । भ्रमणले नेपाल भारत सम्बन्ध सुधार होस् भन्ने कामना गर्छौं’ श्रेष्ठले भने, तर, नेपालको आन्तरिक मामालिमा हस्तक्षेप स्वीकार गर्दैनौं ।’

उनले पार्टी एकता हुन नदिन चलखेल हुन सक्ने भन्दै सचेत हुनु आवश्यक रहेको बताए । ‘राष्ट्रिय राजनिति र अन्य आन्तरिक मामिलामा विदेशी चलखेल स्वीकार गर्दैनौं भने पार्टी एकतामा चलखेल स्वीकार गर्ने त कुरै छैन’ उनले भने ।

माओवादी नेता श्रेष्ठले सहमति हुन बाँकी विषयहरुमा छलफल नटिंएकाले एकतामा समय लागेको बताए । उनले भने, ‘दुई ठूला पार्टी एकता सहज बिषय होइन, केही समय त लागिहाल्छ नि !’

दुई पार्टीका अध्यक्षहरुबीच छलफल चलिरहेको भन्दै उनले छिट्टै पार्टी एकता घोषणा हुने बताए । समानताको नीतिको आधारमा पार्टी एकता हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement