मंगलग्रहमा पुग्यो नासाको यान, राष्ट्रपति ट्रम्पले दिए बधाई


एजेन्सी – अमेरिकी अन्तरिक्ष नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ। ‘इन्साइट ल्याण्डर’ को अन्तरिक्ष यान आज मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो। यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ।  पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो। अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ।

क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबोरेटरीमा रोबार्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाइएको छ। नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ। अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन्। साथै यानले पठाउने त्यहाँ वरपरका तस्बिर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन्।

इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने वैज्ञानिकहरु बताएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाइ दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement