काठमाडौं महानगरको प्रशासन प्रमुखमा नवराज ढकाल नियुक्त


काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रशासन विभाग प्रमुखमा नवराज ढकाल नियुक्त भएका छन् ।

सहकारी विभागका प्रमुख रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको महानगरले जनाएको छ ।

ढकाल विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनले सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढकालले अर्थशास्त्रमै एमफिल गरेका छन् भने दर्शनशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।

लामो समम महानगरकै विभिन्न विभागमा रहेर काम गरेका ढकालले वित्तीय प्रशासनमा पनि स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक ।

प्रतिक्रिया दिनुहोस
Advertisement