२ हजार घुससहित मालपोतका सुब्बा पक्राउ


काठमाडौं – काठमाडौंको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई हजार घुससहित नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई कार्यलय परिसरबाट बिहीबार रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेका थिए । श्रेष्ठमाथि आयोगले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement