सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्यो : कांग्रेस


काठमाडौं – लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट हटाएको विषयमा कांग्रेसले सरकारको आलोचना गरेको छ ।

आइतबार कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपति शर्माको गीतका विषयमा व्यङ्ग गर्दै भने, ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने ? ’

अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर नरहेको भन्दै उनले भने, ‘सरकार आफैंले कही हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउनलाई चेतावनीको विज्ञप्ति दियो ।  मेरो आसय आरोप बिल्कुल होइन । तर, मुलुकमा जे प्रकारको वातावरण थियो । एउटा गायकले त्यो गीतलाई प्रस्तुत गर्दै गर्दा आलोचित या प्रशंसीत हुन पाउने उसको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement