नेपाली सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार


जाजरकोट – सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो ।

गत बुधवार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथलीस्थित प्रसूति गृहले जानकारी दिएको छ । स्वास्थ्य चौकी पनि नजिकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौं लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement