चिनियां राष्ट्रपतिको सुरक्षाको जिम्मा सेनालाई, हेलिकोप्टरबाट हवाई गस्तीको तयारी


काठमाडौं– चिनियां राष्ट्रपति सी चिनफिङको सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियां राष्ट्रपति सी असोज २५ मा नेपाल भ्रमणमा आउने कार्यक्रम तय भइसकेको छ

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने गरी सुरक्षा प्रबन्ध मिलाईएको छ सरकारले चिनियां राष्ट्रपतिलाई उच्चस्तरीय सुरक्षा दिने निर्णय सरकारले गरिसकेको छ त्यसका साथै उनको सुरक्षाका लागी चीनवाट समेत सुरक्षाकर्मी आउनेछन्   सरकारले जुनसुकै मुलुकका सरकार प्रमुखहरु आउंदा पनि उच्चस्तरिय सुरक्षा दिंदै आएको छ

नेपाली सेनाले सुरक्षाको जिम्मा पाएसंगै काठमाडौं उपत्यकामा सेना परिचालित भइसकेको छ नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले भ्रमणको सुरक्षाको कमाण्ड सम्हालेका छन् उनकै नेतृत्वमा तीनै सुरक्षा निकाय परिचालित भइसकेका छन्   काठमाडौंमा मात्रै पांच हजार सेना परिचालित छन् रिजर्व फोर्स र स्टेण्ड वाई अवस्थामा पनि सुरक्षाकर्मी राखिनेछ् चिनियां राष्ट्रपतिको सुरक्षा पहिलो घेरमा सेना,दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा गुप्तचर विभाग रहेनछ

त्यसैगरी  सैनिक हेलिकोप्टरले समेत स्कर्टिङ्ग  गर्ने प्रवन्ध मिलाईएको छ सैनिक स्रोतले काठमाडौंपाटीसंग भन्योआवश्यकताअनुसार हामी सैनिक हेलिकोप्टरबाट पनि सुरक्षा दिन्छौ, उहांलाई उच्चस्तरिय सुरक्षा प्रबन्ध मिलाईसकेका छौ

चिनियां राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा केरुङकाठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना छ साथै उनले ठुलो अनुदानको समेत घोषणा गर्ने कार्यक्रम छ

दुई दिने राजकीय भ्रमणका लागी काठमाडौं आउने सीको भ्रमणको औपचारीक घोषणा बुधवार भइसकेको छ चिन र नेपालको विदेशमन्त्रालयले भ्रमणबारे औपचारीक जानकारी दिइसकेको छ उनि भारत हुंदै नेपाल भ्रमणमा आउनेछन्

राष्ट्रपतिसंगको विशिष्ट प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आइतबार द्धिपक्षिय बैठक गर्ने भएको छ बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ

भारत भ्रमणको बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग वान टु वान र सामुहिक वार्ता गर्ने कार्यक्रम भएपनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसंग छुट्टै वार्ता गर्ने कार्यक्रम राखिएको छैन् चिनियां राष्ट्रपतिले नेपालको राजनीतिक नेतृत्वसंग समुहमा नै भेट गर्नेछन्

प्रतिक्रिया दिनुहोस
Advertisement