नेपालमा ह्वावेको दोस्रो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम उद्घाटन


काठमाण्डु –  ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन गरेकाे छ । मंगलबार काठमाण्डुमा ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन गरेकाे हाे ।

ह्वावेले पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु गरेकाे थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्। यसवर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका सात विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुनेछन् ।

ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो जुन सबै आइसीटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो ।

जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन्। विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन्,।

डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएका छन्। संगठनको द नेक्स्ट ५०अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर फाइभ जी एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन्।

टीच फर गुड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टीच फर गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन्। उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनकोभ्रमण गर्नेछन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्य प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलकाे सहभागिता रहेकाे थियाे ।

यी हुन् नेपालबाट छनोट भएका ७ बिद्यार्थीहरु

निर्माण खड्का – काठमाडौं विश्वविध्यालय

बंशज पौडेल – मदन भण्डारी मेमोरियल कलेज

जतिन भुसाल – ख्वोपा ईन्जिनियरिङ कलेज

रीया बैद्य – पुल्चोक क्याम्पस

नदिका पौडेल – पुल्चोक क्याम्पस

प्रज्ञा मल्लिक – काठमाडौं विश्वविध्यालय

अजु तामाङ् अमृत साइन्स क्याम्पस

प्रतिक्रिया दिनुहोस
Advertisement