नेपाल आयरल्याण्डसँग १३ रनले पराजित


काठमाडाैं – पाँच राष्ट्रको सहभागिता रहेको टी-२० श्रृंखलामा नेपाल आयरल्याण्डबाट  १३ रनले पराजित भएकाे छ ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्था थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपाली समर्थकहरुले जितको आशा गर्न थालेका थिए । तर, लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए।

यस खेलमा नेपालको कमजोरी ब्याटिङमा नै देखियो। नेपालका आरिफ शेखले सर्वाधिक २६ रन जोडे भने कप्तान पारस खड्काले २५ रन बनाए। यसैगरी ओपनिङ ब्याट्सम्यान इशान पाण्डेले १९ रन जोडे। नेपालको इनिङ विनोद भण्डारी, सोमपाल कामी तथा सन्दिप जोरा १० रन भित्र पेभेलियन फर्किएपछि ध्वस्त बनेको थियो।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे । त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । यो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement