टेलिकमको डाटा प्रयोगकर्ता एक करोडभन्दा बढी


काठमाडौं– नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन्।

कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन्।

सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् ।

२०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ ।

यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०।५१ प्रतिशतले वृद्धि भएको देखिएको नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement