शान्ति सेनामा जाने नेपाली महिला सैनिकको संख्या २९४ पुग्यो


काठमाण्डु – नेपालबाट शान्ति सेनामा जाने महिला सेनाको संख्या २९४ पुगेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले शान्ति सेनामा महिला सिपाहीलाई पनि पठाउँदै आएको छ ।

नेपालस्थित राष्ट्रसंघीय नियोगले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्ति सेनामा जाने महिला सेनाको संख्या २९४ पुगेको जनाएकाे छ । साथै नियाेगले नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । नेपालबाट हालसम्म कूल ५५७१ जना सैनिक शान्ति सेनामा गएका छन् ।

नेपालभन्दा अगाडि रहेको बंगलादेशको शान्ति सेना संख्या ६ हजार ५५४ छ । नेपाली सेनाका अहिले विश्वका विभिन्न १२ स्थानमा शान्ति सेना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement