सेनाको ब्यारेकभित्र गोली लागि घाइते भएकी सिपाहीको मृत्यु


कपिलवस्तु – नेपाली सेनाको ब्यारेकभित्र गोली लागेर घाइते भएकी एक महिला सिपाहीको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणमा बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट सिपाही कोपिला राजवंशी घाइते भएकी थिइन् ।

उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भैहवास्थित मेडिकल कलेज लगिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धन सुरु गरिएको र पछि जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement