नेपाली विरताको ऐतिहासिक ’नालापानी’को टिजर सार्वजनिक (भिडियोसहित)


काठमाडौं : नेपालीहरुको विरताको ऐतिहासिक कथामा निर्माण भएको फिल्म ’नालापानी’ युद्ध चलचित्रको टिजर सार्वजनिक भएको छ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नेपालीले नेपाल भूमि बचाउनका लागि अङ्ग्रेजविरुद्ध लडेको लडाइँ देखाइएको छ ।

टिजरमा भिएफएक्सको प्रयोग अधिक भएको देखिन्छ। रिमेश अधिकारीको निर्माण तथा निर्देशन रहेको फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, जनक बर्तौला, सुशील खड्का, हिक्मत थपलिया र गीता अधिकारी लगायतको मुख्य भूमिका रहेको छ।

नालापनीमा अङ्ग्रेजविरुद्ध नेपालीले गरेको वीरतापूर्ण लडाइँ नै फिल्मको मुख्य कथा हो। रामशरण उप्रेतीले खिचेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको करियोग्राफी तथा विपिन मल्लको सम्पादन रहेको छ।  चलचित्रले नालापानीको युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई उठान गरेको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई चलचित्रमा देखाइएको छ ।

हेर्नुहोस् टिजर (भिडियो)

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement