देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज

देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबार काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्दैछ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ : ३० बजे राष्ट्रिय भेला आयोजना हुन लागेको हो। भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन्।

भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ। बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने बताइएको छ। भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै सोझै चुनदेवी कार्यालय पुर्‍याएका थिए।

भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन्। सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।