कांग्रेस महाधिवेन : कुन-कुन पदको हुँदैछ मतगणना ?

कांग्रेस महाधिवेन : कुन-कुन पदको हुँदैछ मतगणना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको विभिन्न पदको मतगणना सोमबार हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको गणना सोमबार दिउँसो सुरु हुने छ ।

सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना हुनेछ । सोमबार सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) (मतपत्र नं. ११) को मतगणना हुनेछ।

त्यस्तै, केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश महिला), केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश खुला), केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश, ३५ वर्ष मुनिका युवा, महिला) र केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश, ३५ वर्ष मुनिका युवा, खुला) (मतपत्र नं. १९) को पनि मतगणना सुरु हुनेछ।

निर्वाचन समितिले सम्पूर्ण उम्मेदवारहरूलाई उक्त समयमा मतगणना स्थलमा उपस्थित रहन वा आफ्ना प्रतिनिधि खटाउन सूचित गरेको छ।