अपांगता भएका परिवारलाई घर बनाउन नेपाली सेनाको श्रमदान (फाेटाेफिचर सहित)


काठमाडाैँ– २०७२ सालको विनाशकारी भुकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका गोरखाको शहिदलखन गाउँपालिका–७ का धनबहादुर दम्पतिले अब अपाङमैत्री घरमा बस्न पाउने भएका छन् । वडा न ७ का वडाअध्यक्ष शरण श्रेष्ठको पहलमा सामाजिक सञ्जाल फेसबुकबाट उनीहरुको अबस्था सार्वजनिक गरेपछि विभिन्न सहयोगी मनहरुले सहयोग गरेपछि उनीहरुले घर पुर्ननिमार्णको कामले गति लिएको हो ।

आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि धनबहादुर दम्पतिाई समस्या भएको थियो । नयाँ घर बनाउन नसकेपछि उनी त्यही भत्केको घरमा बस्न बाध्य भएका थिए । वडाअध्यक्ष श्रेष्ठको पहलमा धनबहादुरलाई घर बनाइदिने अभियानमा जुटे र सहयोग रकम संकलन गर्न थाले । उनको पहलमा करिब ९ लाख ६९ हजार ३८७ रुपैयाँ रकम जम्मा भएसँगै धनबहादुरलाई नयाँ घरमा बसाउने अभियान पूरा हुन लागेको हो ।

कमजोर आर्थिक अवस्थाका कारण ज्याला मजदुरी गरेर गुजारा टार्दै आएका धनबहादुरलाई घरको व्यवस्था गर्न मुस्किल परिरहेको थियो । शरणको अभियानका कारण धनबहादुरको परिवारले अब भूकम्पप्रतिरोधी घरमा बस्न पाउने भएका हुन् ।

अपांगता भएका ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी कान्छी छोरी शिला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन् । “गोरखामा रहेको नेपाली सेनाको श्री रणसिह दल गणबाट श्रमदान गर्नका लागि पहिलाे चरणामा १२ जनाका दरले १५ दिनसम्म धनबहादुरको घर निर्माण गर्न नेपाली सेनाको टोली अाउनुहुने छ” उनले भने ।  घर बनाऊने कार्य अगी बढि सकेकाे छ, ९ वटा जग खनि सकेको र ९ वटा नै पिल्लर हाल्ने काम भोलि बाट सुरू हुने श्रेष्ठले भने । नेपाली सेनाकाे १२ जनाको टोलीले सो घर निमाणमा श्रमदान गर्ने भएका हुन् ।

करिव १५ लाख ५० हजार लागतका निमार्ण सम्पन्न हुने घर जेठको पहिलोहप्ता धनबहादुर दम्पतिलाई हस्तान्तरण गर्ने योजना श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement