नेपालको स्वतन्त्र विदेश नीतिमा चीनको समर्थन, भारत र नेपालसँग सहकार्य गर्न चीन सरकार तयार


चीनले नयाँ दिल्ली, काठमाडौं र बेइजिङबीच साझा विकासका लागि सहकार्य गर्नुपर्ने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता लु काङले भारत र नेपालबीचको मित्रवत सम्वन्धको पक्षमा चीन सरकार रहेको बताउँदै साझा हितमा एकता हुन आवश्यक भएको बताएका हुन् ।

लु काङले भने, ‘चीन, नेपाल र भारत एकअर्काका लागि महत्वपूर्ण छिमेकी हुन् । नेपालले आफ्ना छिमेकीहरुसँग मित्रवत र सकारात्मक सम्बन्ध कायम राखोस भन्ने चाहन्छौं । ’

उनले स्वतन्त्र विदेश नीतितर्फको नेपाल सरकारको प्रतिवद्धतालाई चीन सरकारले सर्हाना गरेको पनि बताए । उनले नेपाल, भारत र चीनले  एक अर्कासँग सहकार्यमार्फत साझा विकास हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले मंगलबार विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग नेपालले स्वतन्त्र विदेश नीति अख्तियार गर्ने र छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement