इन्टरनेटमा बढेको १३ प्रतिशत शुल्क फिर्ता


काठमाडाैं–  सरकारले यसअघि साउन १ गतेदेखि इन्टरनेटमा वृद्धि गरेकाे १३ दुरसञ्चार सेवा शुल्क घटाएकाे छ।

सञ्चार मन्त्रालयमा आज भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो ।

इन्टरनेटको मूल्य बढेको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिएका थिए । वार्ताको माध्यमबाट सहमति भएको र त्यसले उपभोक्तालाई कुनै पनि प्रकारको थप शुल्क लाग्ने छैन ।

आर्थिक ऐन, २०७५ बमोजिम यही साउन १ गतेदेखि लाग्ने भनिएको थप शुल्क नलाग्ने निर्णय भएको हो । सहमतिपछि साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायकले बढाएको शुल्क नलिने निर्णय भएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सहमतिपछि उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि गरिने छैन ।

यो सहमति घरायसी प्रयोगको लागि इन्टरनेट किन्ने उपभोक्ताका लागि मात्रै लागू हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement