नेविसंघले देशभर दौड र सिठ्ठी जुलुस निकाल्ने


काठमाण्डु – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ । देशभरका स्थानीय तह र वडामा आयोजना गर्न लागिएको विरोध कार्यक्रमको प्रचारका लागि जुलुस निकाल्न लागिएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

माउ पार्टी नेपाली काँग्रेसका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले सबै जिल्लाका अध्यक्षलाई परिपत्र समेत गरेका छन् । जसअन्तर्गत माघ २ गते ७७ वटै जिल्लामा दौड जुलुस निकालिनेछ ।  माघ ३ मा काँग्रेसले सबै स्थानीय तहमा विरोध सभा राख्दैछ । यसको प्रचारका लागि नेविसंघले दौड जुलुस कार्यक्रम राखेको हाे ।

त्यसैगरी माघ ७ गते देशभर सिठ्ठी जुलुस हुने भएको छ । माघ ८ गते काँग्रेसले देशभरका ६७४३ वडामा विरोध सभाको आयोजना गर्दैछ । सोही सभाको प्रचरात्मक अभियानका लागि नेविसंघले सिठ्ठी जुलुस आयोजना गर्न लागेको हो ।

त्यसैगरी नेविसंघले माघ १० देखि १६ गतेसम्म ‘लोकतन्त्र र संविधानको रक्षार्थ खबरदारी एवं जागरण अभियान’ शीर्षकमा शहीद सप्ताह कार्यक्रम गर्न जिल्लालाई परिपत्रमार्फत आग्रह गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement