गूप्तचर विभागमा एआईजी पद रिक्त हुंदै, जोशी र कार्कीको सम्भावना बलियो


काठमाण्डु – देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा एआईजी बढुवाको लागि लविङ सुरु भएको छ । विभागका एआईजी यादव रेग्मी यसै साता अनिवार्य अवकासमा जांदैछन् । उनी बिदा बस्ने तयारीमा छन् ।

रेग्मीले अवकास पाएसंगै रिक्त हुने एआईजीका लागि गूप्तचरमा आधा दर्जन डीआईजीहरु दौडमा छन् । अहिले एआईजीमा बढुवा हुने डीआईजी हालका आईजीपी यदु खरेलले भदौ २३ मा अनिवार्य अवकास पाएसंगै आईजीपी हुने भएकाले पनि प्रतिस्पर्धीहरु दौडधूपमा छन् ।

रिक्त हुन लागेको एक एआईजीका लागि डीआईजीहरु ओम जोशी, टेकेन्द्र कार्की, हुतराज थापा, हरिहर पौडेल र कुलदिप थापा प्रतिस्पर्धामा छन् ।

रिक्त एआईजीका लागि अहिले सबैभन्दा बढी सम्भावना डीआईजी जोशीको रहेको छ । उनि बालुवाटारको रोजाईमा एक नम्बरमा रहेको स्रोत बताउंछ । जोशी हाल विभागको २ नम्बर प्रदेशको प्रमुख छन् । उनले यसअघि दिल्लीस्थित नेपाली दूतावासमा समेत काउन्सिलरको रुपमा काम गरेका थिए ।

एआईजी बढुवाका लागि अर्का मुख्य प्रतिस्पर्धी हाल सुर्खेतमा रहेका डीआईजी टेकेन्द्र कार्की हुन् । जुम्ला घर भएका डीआईजी कार्की र जोशीको बीचमा अहिले कडा प्रतिस्पर्धा भएको स्रोत बताउंछ ।

गूप्तचर विभागमा माओवादीसंग निकट सम्बन्ध रहेको भनेर चिनिएका डीआईजी हुतराज थापा पनि बढुवाका लागि अहिले तिव्र लविङमा छन् ।

उनको भरोसा सबैभन्दा बढी अर्थमन्त्री जनार्दन शर्मामाथी छ । कुनै बेला जोखबहादुर महरा र कृष्णबहादुर महरासहित रोल्पाली नेताहरुमार्फत चाहेको गर्न सक्ने थापाको लागि अर्थमन्त्री शर्मा प्रयास गरिरहेका छन् । तर, उनको सम्भावना भने कम रहेको बताइन्छ ।

एआईजीमा बढुवा हुने सम्भावना कम देखेपछी थापा एआईजीको दरबन्दी थप्ने र त्यसैमा बढुवा हुने योजनामा रहेको निकट स्रोत बताउंछ । त्यसका लागि उनले लविङ सुरु गरेका छन् । यसपटक थापा एआईजीमा बढुवा नभए उनि आगामी भदौमा अवकासमा जांदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement