गूप्तचरमा डीआईजी र एसएपीहरुको सरुवा, को कहां पुगे ?


काठमाण्डु– सरकारले राष्ट्रिय अनुसन्धान विभागमा डिआईजी र एसएसएपीहरुको सरुवा गरेको छ । डिआईजीहरु हुतराज थापा, प्रकाश पाण्डे, टेकेन्द्र कार्की, लक्ष्मण गुरुङ, ओम जोशी, सुमन वैद्य, हरिहर पौडेल,सुनील ढकाल र कूलदीप थापाको सरुवा भएको हो । सरकारले डिआईजी थापालाई सुदूरपश्चिम,पाण्डे एक नम्बर प्रदेश, कार्कीलाई कर्णाली प्रदेश, गुरुङ लुम्बिनी प्रदेश,वैद्य गण्डकी र पौडेललाई बागमती प्रदेश पठाएको छ ।

त्यसैगरी जोशी प्रदेश २, ढकाल र थापाको विभागमा सरुवा भएको छ। यी दुईमध्ये एक जनालाई प्रशासनमा पठाउने तयारी छ । त्यसैगरी गूप्तचरमा एसएसपीहरुको समेत सरुवा भएको छ । सरुवा हुनेमा एसएसपीहरु राजन उप्रेती अन्तर्राष्ट्रिय विमानस्थल, भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्, माधव तिमिल्सिनालाई नयांदिल्लीस्थित नेपाली दूतावासमा, इन्द्र लामा र किशोर श्रेष्ठको विभागमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement