निफ्राकाे शेयर मूल्य १० प्रतिशतले घट्यो


काठमाण्डु – निरन्तर उकालो लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य आज घटेको छ । बजार खुलेलगत्तै १० प्रतिशतले बढेको नीफ्राको शेयर मूल्य पुन नकारात्मक सर्किट लाग्न पुगेको हो ।

बजार खुल्न साथ ६६० रुपैयाँबाट शुरु भएको कारोबार ७२६ रुपैयाँसम्म पुगेको थियो । ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो । १० प्रतिशत शेयर मूल्य घटेपछि अहिले ५९४ रुपैयाँमा कारोबार भइरहेको छ ।

बजार खुलेको ४५ मिनेटमा ३९ अंकले शेयर घट्न पुगेको छ । आज प्रि–ओपन शेसनमा नै १९ अंकले बढेको नेप्से आहिले घट्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement