नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा


 नाइजेरिया– नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा गरेको यहाँको सरकारले बुधबार पुष्टि गरेको छ । बोकोहराम समूहले उच्च अध्ययनका लागि नाइजेरियाली उत्तरी शहर दाप्चीस्थित एक क्याम्पसबाट उनीहरूलाई अपहरण गरेको थियो ।

सूचना तथा संस्कृति मन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइबारे भने “सबै ७६ जना किशोरीहरूलाई स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे रिहाभएका छन् । उनीहरूलाई रिहा गर्न सरकारले अनौपचारिक प्रयास गरेको गरिएको छ, देशका केही साथीहरूको सहयोगमा विनाशर्त मुक्त उनीहरूलाई मुक्त गरिएका छ ।”

उनका अनुसार उनीहरूको रिहाई विना कुनै शर्त भएको हो । किशोरीहरू आतङ्कवादीको जालमा फसेका थिए तर सरकारले हिंसारहित उपाय अवलम्बन गरेर उनीहरूलाई रिहा गराउन सरकार सफल भएको छ । रिहा भएका सबै किशोरी अहिले सुरक्षित अवस्थामा आफ्ना अभिभावकका साथमा रहेका सरकारको प्रवक्तासमेत रहेका मन्त्री मोहम्मदले बताए ।

कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।बुधबार बिहान सबेरै गाडी चढेर नगरमा बोकोहराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाएका थिए । छात्राहरू कमजोर र थकित देखिएका प्रत्यक्षदर्शी अभिभावकले बताए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
Advertisement