सीमा विवाद समाधानका लागी चांडै परराष्ट्रमन्त्री तहको वैठक हुन्छ : निहार नायक


काठमाण्डु– भारतको रक्षा र परराष्ट्रमन्त्रालयअन्र्तत रहेको मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानमा नेपाल भारत मामिला हेर्ने विज्ञ डा. निहार नायकले सीमा विवादको समाधानका लागी चांडै वार्ता हुने दावी गरेका छन् । भारतको गूप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणपछि दुवै देशबीच चांडै राजनैतिक तहमा वार्ता हुने उनले बताएका हुन् ।

‘गोयलको भ्रमणपछि दुवै देशबीचमा रहेको अविश्वासलाई हटाउने काम भएको छ । अव सीमा समस्या समाधानका लागी चांडै संवाद सुरु हुन्छ ।’ नायकले काठमाण्डुपाटीसंग कुरा गर्दै भने ।उनले भारत नेपालबीचको जोइन्ट कमिशन लेभल मिटिंग (परराष्ट्रमन्त्री तहको संयुक्त वैठक) वा परराष्ट्र सचिवस्तरीय वैठक चांडै हुन सक्ने बताए ।

‘गूप्तचरका प्रमुखको भ्रमण सामान्यतया यसरी खुला रुपमा हुंदैन्, भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रिन सिंग्नलपछि उनको भ्रमण भएको हो । नेपालसंगको समस्या छिटो समाधान गरौ भन्ने यसको आशय हो । त्यसको अर्थ उच्चस्तरिय तहमा संवाद चांडै हुन्छ र सीमासहित नेपाल भारतबीचमा देखिएका समस्या चांडै हल हुन्छन् ।’ नायकले भने ।

जेएनयुबाट अन्र्तराष्ट्रिय सम्बन्धमा विद्यावारीधी गरेका डा. नायकले भारत र अमेरिकाबीच दक्षिण एसियामा बलियो साझेदारी सुरु भएको बताए । उनले पछिल्लो समय चीन र पाकिस्तानले दक्षिण एसियामा संयुक्त अप्रेसन चलाएको भन्दै त्यसको जवाफ भारतले दिन खोजेको प्रष्ट पारे । यो क्षेत्रमा भारत एउटा प्रभावशाली शक्ति हो र त्यो कायम नै छ भन्ने देखाउन पनि भारतले सक्रियता बढाएको उनको भनाई छ ।

अमेरिकाले के नेपाललाई हेर्ने नीति फेरी भारतकै आंखाबाट हेर्न थालेको हो भन्ने प्रश्नमा उनले भने ‘नेपाल मात्र होईन दक्षिण एसियामा नै भारतले भनेअनुसार अमेरिकाले आफ्नो नीति बनाउंछ ।र भारतलाई फलो गर्छ । ’उनले भारतिय सेना प्रमुख मुकुन्द नरवाणेको भ्रमण भने सैनिक सम्बन्धलाई मजबूत गर्नेमा केन्द्रीत हुने दावी गरे । त्यसको राजनैतिक तहमा कुनै सम्बन्ध नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement