निजामती कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्याउने निर्णय


काठमाडौं – संघीय संसद अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पु¥याउने निर्णय गरेको छ ।

हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो ।

निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले ५८ वर्ष छ । संसदीय समितिले नेपाली नागरिकको औषत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ ।

लोकसेवा आयोगले नेपालीको औसत आयु बढेकाले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, महिलाहरुको सेवा अवधि नपुग्ने भएकाले, सार्क देशमा समान बनाउनका लागि उमेर हद ६० वर्ष राख्नुपर्ने सुझाव सरकारलाई दिइएको छ । यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement