नायिका निशा अधिकारीको गर्भावस्था फोटोमा हेर्नुस्


काठमाडौं– नायिका निशा अधिकारीले गर्भावस्थाको केही तस्बिर सार्वजनिक गरेकी छन्।

२०१८ को सुरुवातसँगै आफू आमा बन्न लागेको खबर साटेकी उनले केही तस्बिर सार्वजनिक गरेकी हुन्।

निशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जनाएकी छिन्।

चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी थिइन्।

उनी गत असारमा क्रिकेटर शरद भेषवाकरसँग विवाहमा जोडिएकी थिइन्।

उनी अहिले अमेरिकामा रहेकी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement