निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आएन : नर्भिक अस्पताल 


काठमाण्डु-  मोडल तथा कलाकार निशा घिमिरेको उपचार गरिरहेको नर्भिक अस्पतालले घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको जनाएको छ । अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले मंगलबार  घिमिरेको स्वास्थ्य स्थिर रहेको बताएका हुन् । 

अस्पतालद्वारा जारी विज्ञप्तिमा निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा खासै सुधार नभएको जनाइएको छ । निशाका बुवा प्रेम घिमिरेले छोरीको स्वास्थ्य अवस्था धेरै गम्भीर र धेरै सामान्य पनि नरहेको उल्लेख गरेका छन् ।  

तिन वर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । दुर्घटना पछि भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो ।

तर विगत केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement