यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन


काठमाण्डु – नेपाल प्रहरीले आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविन गर्ने भएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको लागि समिति गठन भएको छ ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले आफुलाई भिडियो खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको ती किशोरीले भिडियोमार्फत बताएकी थिईन । प्रहरी प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको जानकारी दिएको छ ।

समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य छन् ।

प्रहरीले पीडित र अभिभावकको सम्पर्कमा रही आवश्यक परामर्श गर्नुका साथै पिडित महिला र घटना सम्बन्धमा आवश्यक जानकारी लिने र थप अनुसन्धान गर्ने काम भइरहेको जनाएको छ ।

उक्त घटना सार्वजनिक भएलगत्तै कार्वाही गर्न माग गर्दै सरकारमाथि दबाव बढेको छ । शुक्रबार संसदमा समेत सांसदहरुले घटनाको छानविन गरी दोषिलाई कडा कार्वाही गर्न सरकारलाई दबाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement