अाेली-दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता जारी


काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता केही समय पछि धकेलिने अवस्थामा पुगेकाे बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा ’वान टु वान’ वार्ता सुरु भएको छ।

एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाए पनि एकताको आवश्यक तयारी नहुँदा दुई दलबीच केही विषय अझै मिलाउन बाँकी रहेकाले ९ वैशाखमा एकता घोषणा कठिन देखिएको हो ।  वार्ताका लागि प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सिधै बालुवाटार पुगेका थिए।

तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे पुग्ने गरेका छन् । प्रधानमन्त्री ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर, प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको स्रोतले जनाएको छ ।

तनाव भएको बेला रिफ्रेसका लागि प्रायः सिन्धुपाल्चोकको सुकुटे आउँने गरेका दाहाल आइतबार पनि परिवार सहित सुकुटेको इक्वेटर बिच रिसोर्टमाा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement