चितवन पुगेर अाेली माथी खनिए देउवा, भने ‘अधिनायकवाद शुरु भइसक्यो’


चितवन- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा अार्इतवार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले अधिनायकवाद शुरु गरेकाे अाराेप लगाएका हुन् ।

‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ, अधिनायकवाद शुरु भइसक्यो,  मनोमानी बढ्यो ।’ उनले भने ।  अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भन्ने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले  काम हेर्ने बताए। ‘शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,’ उनेले व्यङ्ग्य गर्दै भेने । ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement