ओली–‘प्रचण्ड’बीच आज पनि मिलेन वार्ता, के कुरामा अड्कियो सहमति ?


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताका विषयमा आज भएको छलफल पनि विना निष्कर्ष सकिएको छ ।

बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन माथी छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको हो । दुई नेताबीच केही दिनयता लगातार छलफल हुँदै आएपनि सहमति जुट्न सकेको छैन । मिल्न बाँकी विषयमा भोली फेरी छलफल गर्ने सहमति भएको छ ।

आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता हो । ओली– ‘प्रचण्ड’बीच आजजस्तै विहीबार ३ घण्टा वार्ता भएको थियो ।
सकभर आजै सहमति जुटाउने र ९ बैशाखमा पार्टी एकताको घोषणा गर्ने योजना ओली र प्रचण्ड दुबैले बनाएका छन् । त्यो स्थितिमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस (१ मई अर्थात् १८ बैशाख) वा कार्ल माक्र्सको जयन्ती (२२ बैशाख) का दिन एकता घोषणासभा हुनसक्ने नेताहरु बताउँछन् ।

एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा अझै सहमति जुट्न सकेको छैन।
स्रोतका भनाईमा आजको वार्तामा प्रगति भयो भने भोलि एकता संयोजन समितिको बैठक बसेर ९ बैशाखमा एकताको घोषणा हुनसक्छ।
साढे दुई घण्टा लम्बिएकाले वार्ता सकरात्मक दिशातर्फ मोडिएको हुनसक्ने कतिपयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस
Advertisement