सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक : प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सरोकारको विषयमा मात्र सुचनाको हक आकर्षित हुने बताएका छन् । राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिवेदन बुझ्दै उनले  सार्वजनिक सरोकारको विषयमा मात्र सुचनाको हक आकर्षित हुनेपर्ने बताएका हुन् ।

उनले मानिसका व्यक्तिगत मामिला र आम सरोकार नभएका बिषयमा सुचनाको हक आकर्षित गर्न नुहने बताए । ‘मानिसका निजी मामिलामा वा आम सरोकार नभएका बिषयमा सुचनाको हक भनेर सबैले थाहा पाउनु पर्छ भन्ने हुदैन’ उनले भने । सुचनाको हक खोज्दा सामाजिक मर्यादा, बैयक्तिक कुरा वा असम्बन्धित बिषयहरुलाई धेरै प्राथमिकता दिनु नहुने उनले बताए।

अधिकारसंगै कर्तव्य पनि खोज्ने बानी बसाउनु पर्ने प्रधानमन्त्री ओलीले भने ‘अधिकार लिखित हुन्छ कर्तव्य लिखित हुदैन, त्यसो भन्दैमा कर्तब्य नै हुदैन भन्ने हैन । यो परिस्थितीले सृजना गर्ने अवस्था हो ।’ प्रधानमन्त्री ओलीले मानिस जहाँ छ त्यहाँको जिम्मेवारी उपयुक्त ढंगले पुरा गर्नु पर्ने सुझाव दिए । ‘आकांक्ष र सामथ्र्यका बीचमा खाडल छ’ उनले भने ‘तर यसलाई पुरा गर्न सबै पक्ष तल्लिन भएर लाग्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement